लेग स्पिनर सन्दीपलाई कोरोना भाईरस संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लेग स्पिनर सन्दीपलाई कोरोना भाईरस संक्रमण पुष्टि

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक संजालमा एक पोस्ट गर्दै सन्दीपले आफुलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको बताएका छन् ।

सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको बताएका छन् । उनले आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताएका छन् ।

सन्दीपले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत बताएका छन् । उनले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए ।

यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो । अहिले उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन् ।

सम्बन्धित खवर