आन्छुमे नसानको निर्देशनमा निश्चल र सुमि अभिनित ‘पोगिरो नालीफुङवा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आन्छुमे नसानको निर्देशनमा निश्चल र सुमि अभिनित ‘पोगिरो नालीफुङवा’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । गीतकार, सञ्चारकर्मी तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा निश्चल तबेबुङ लिम्बु र सुमि लावती लिम्बुद्धारा अभिनित ‘पोगिरो नालीफुङवा’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार योगेस लावती ‘चुक्सा याप्मी’ शव्दरचनामा गायक तथा संगीतकार प्रकाश सावादेनको संगीत रहेको भिडियो ‘पोगिरो नालीफुङवा’ माङसेबुङ खबर युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायिका स्वस्तिका सावादेन लिम्बु र नव गायक बिरेन सेर्मा लिम्बुको सुमधुर आवाजमा सजिएको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्साले गरेका हुन् ।

धार्मिक पर्यटकिय तिर्थस्थल माङसेबुङ परिसर वरिपरि छायाकन गरिएको किरात धार्मिक जागरणमुलक भिडियोमा प्रविन सेलिङ ‘सेन्दो’को छायाँकन रहेको छ भने प्रभाकर आङबो र तिलक रिजालले सम्पादन गरेका हुन् ।

म्यूजिक मिडिया रेकर्डिङ स्टुडियो धरान र रिफ रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको गितको मिक्सिङ तथा मास्टरिङ विजय श्रेष्ठले गरेका छन् ।

नालीफुङवाहरुको गतिबिधिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सन्तोस रिजालको मेकअप तथा सङसेमी माङयुङ र सेसेहाङ सेर्माको सहायक निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर