कियाचु इमानसिङ चेम्जोङ पुरस्कार लेखक लछामी सेर्मालाई प्रदान गरिदैं - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु इमानसिङ चेम्जोङ पुरस्कार लेखक लछामी सेर्मालाई प्रदान गरिदैं

माङसेबुङ । लामो समय देखि कलम चलाई रहेका लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई यस बर्षको कियाचु इमानसिङ चेम्जोङ पुरस्कार प्रदान गरिने भएको छ ।

आइतबार बसेको किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यसमितिको सचिवालय बैठकले लेखक तथा सहित्यकार लछामी सेर्मा पापोलाई यस बर्षको कियाचु–इमानसिङ चेम्जोङ पुरस्कार प्रदान गरिने भएको हो ।

उक्त पुरस्कार लेखक पापोलाई इतिहासकार इमानसिङ चेम्जोङको ११८ औं जन्मजयन्तीको अवसरमा आगमी पुस १५ गते भर्चूअलबाट घोषणा गरि वितरण गरिने किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिवालयले जनाएको छ ।

लेखक तथा सहित्यकार लछामी सेर्मा पापो ‘येवोकरक’ कृतिबाट पुरस्किृत हुने भएका हुन् ।

 

 

सम्बन्धित खवर