पृथ्वी र सविनाको आवाजमा ‘मिर्मिरे विहानी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पृथ्वी र सविनाको आवाजमा ‘मिर्मिरे विहानी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक पृथ्वीमान लिम्बु र गायिका सविना योङहाङ लिम्बुको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘मिर्मिरे विहानी’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार एस.पी. निङलेकु लिम्बुको शव्दभावहरुमा संगीतकार कुमार बि.क.को संगीतमा सजिएको गीत ‘मिर्मिरे विहानी’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

जेनिसा गिरीको कोरियोग्राफीमा सिरकुमार साम्पाङ राई र दिनेश राई(सविन)को छायाँकन रहेको भिडियोमा पृथ्वीमान लिम्बु र गोमा योङहाङ लिम्बुले अभिनय गरेका छन् ।

बसन्त वाम्बुले राईको सम्पादन, महेश सिग्देलको मेकअप तथा सिरकुमार राईको कलर रहेको भिडियोमा स्रेया लिम्बु, पविना लिम्बु, सोनिया लिम्बु, डेजेन्द्र राई र राज परियारले नृत्य गरेका छन् ।

भिडियो हेर्नुहोस…

 

 

सम्बन्धित खवर