कनेक्ट किरातमा जोडियो हङकङ - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कनेक्ट किरातमा जोडियो हङकङ

माङसेबुङ । विश्वभरका किरात धर्मावलम्बीहरुलाई भर्चुअल्ली रुपमा जोड्ने सिलसिलामा आजको पाँचौं श्रृंखला सफलतापूर्वक सम्पन्न भएको छ ।

हङकङमा किरात धर्म ः हिजो, आज र भोलि विषायक आजको भर्चुअल प्रस्तुती किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङका अध्यक्ष मोहनमान नेम्बाङले गरेका थिए । सो क्रममा किरात धर्ममा रहेर २१ वर्षे संस्थामा काम गर्दाको अनुभवबारे जानकारी गराएका थिए । संस्थाको विगतका क्रियाकलापहरुको उल्लेख गर्दै हङकङमा किरात धर्मको औपचारिक दर्ता र स्थापनाले किरात धर्म विश्व व्यापीकरणको सुरुवात भएको बताएका थिए ।

कार्यक्रममा कनेक्ट किरातले विभिन्न राष्ट्रमा समिति गठन कार्यपनि सुरु गरको छ । आज हङकङमा मोहनमान नेम्बाङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको थियो । जसमा संयोजक मोहनमान नेम्बाङ, सदस्यहरुमा क्रमशः तुलकहाङ तुम्सा, रबीन लिङदेन, जर्मनहाङ नेम्बाङ, कशितकुमार राई, देबेन्द्रबहादुर खापुङ, चन्द्रबहादुर एभेङ चयन भएका छन् ।

भर्चुअल्ली कनेक्टिङ किरातको यस नवगठित समितिले आजको पाँचौं श्रृंखला तथा भर्चुअल्ली कनेक्टिङ किरातद्वारा सञ्चालित किरात डिजिटल लाइब्रेरी कनेक्ट किरातको निमित्त किरात साम्यो माङसेवासाबा पान्जुम्भोको २२औं स्थापना दिवसको अवसरमा माङसेबुङमा भएको धर्मोपदेशको सम्पूर्ण सामग्री तयार गर्न आर्थिक सहयोग गरेको छ । जसअन्तर्गत धर्मोपदेशको दोस्रो श्रृंखला ‘माङमा लीन हुनुपछर्’ शीर्षकको धर्मोपदेशको नेपाली, किरात र अंग्रजी पुस्तक र इबुकका साथै नेपाली, किरात र अंग्रेजी अडियो बुक र अंग्रेजी सबटाइटलसहितको भिडियो निर्माण हुने छ । यही क्रममा आज नेपाली पुस्तक किरात डिजिटल लाइब्रेरीमा सार्वजनिक भइसकेको छ । आगामी फागुन ३ गते मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६५औं जन्मोत्सबमा छैटौं श्रृंखलामा भेट्ने आग्रह गर्दै निम्तोसमेत दिंदै काठमाण्डौबाट माङमिङसोहाङ लिङ्देनद्वारा सञ्चालित सो जुम भर्चुअल कार्यक्रममा काठमाण्डौबाट धनबहादुर फागो, वेलायतबाट रामकुमार सिंथेबे र माङसेबुङबाट सुमन लाओतीले थप सहजता प्रदान गरेका थिए ।

स्मरण रहोस्, किरात धर्मको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न गठित भर्चुअल्ली कनेक्टिङ किरातले गत माघ ५ गते सावायेहाङ किरात खिवेक्वा याक्वा सेवाको शुभ अवसर पारेर किरात डिजिटल लाइब्रेरी समेत सार्वजनिकीकरण गर्दै किरात धर्मगुरुको धर्मोपदेशको प्रकाशन सुरु गरेको छ ।

 

 

सम्बन्धित खवर