खोटाङमा किरात धर्म लेखौं अभियान समिति गठन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खोटाङमा किरात धर्म लेखौं अभियान समिति गठन

खोटाङ । आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई देश व्यापी रुपमा सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने शिलशिलामा खोटाङमा अभियान समिति गठन गरिएको छ ।

मंगलवार दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा भूपेन्द्र राईको अध्यक्षतामा किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समिति खोटाङ गठन गरिएको हो ।

यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान जिल्ला समन्वयन समिति खोटाङको उपाध्यक्षमा गंगा राई, सचिवमा एल. बि. मगर, सह सचिव उदिम चाम्लीङ, कोषाध्यक्षमा हर्क लक्ष्मी राई चयन हुनु भएका छन् ।

समितिको सदस्यहरुमा क्रमश ः प्रताप खालिङ, टंकराज राई, टेकबहादुर राई, गंगाराज राई, कृष्णबहादुर राई, सौराज राई लगायत चयन भएका छन् । त्यसैगरी किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य राजहाङ राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वयन समिति खोटाङका अध्यक्ष हातिराम राई र किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति खोटाङका अध्यक्ष मुगाधन राई रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।

किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वयन समिति खोटाङका अध्यक्ष तथा किरात राई यायोख्खा जिल्ला समिति खोटाङका अध्यक्ष हातिराम राईको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सचिवद्धय ज्ञानु केदेम, काकीराम लाओती, कोषाध्यक्ष प्रकाश सावदेन, सह कोषाध्यक्ष विष्णुमाया फुरुम्वो, आर्थिक सह संयोजक खड्ग खालिङ, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य यामकुमार नेयोङ लगायत उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा खोटाङमा जिल्ला स्तरीय अभियान समिति गठन गरिएको अभियान महासमितिले जनाएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति खोटाङका अध्यक्ष मुगाधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संघका सचिव सौराज राईले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर