नालीफुङवा पान्जुम्भोको ५ औं महासम्मेलन समुद्घाटन, संस्थापक पदाधिकारीलाई सम्मान (फोटो फिचर सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवा पान्जुम्भोको ५ औं महासम्मेलन समुद्घाटन, संस्थापक पदाधिकारीलाई सम्मान (फोटो फिचर सहित)

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलन समुद्घाटन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा आयोजना गरिएको महासम्मेलनको समुद्घाटन कार्यक्रम किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

महासम्मेलनको समुद्घाटन कार्यक्रममा नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक पदाधिकारीहरुलाई सम्मान गरिएको छ । पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय डिल्ली थेबे, हृदय थेगिम र सचिव भगिहाङ नेम्बाङलाई पान्जुम्भोले सम्मान गरेका हुन् ।

नालीफूङवा पान्जुम्भोले संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विगतका स्थापना दिवसहरुमा संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष वनेम विक्रम फागोलाई सम्मान गरिसकेको पान्जुम्भोका सचिव योगेश लाओतीले बताए ।

सम्मान गर्ने क्रममा किरात लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजी भाषाको रुपमा इलामको माङसेबुङ वडा ५, मा लागू भएसँगै प्रसासनिक फाटमा पहिलो कर्मचारी भाषा सचिवको रूपमा नियुक्ती हुनु भएका किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मालाई पनि सम्मान गरिएको छ ।

यस्तै किरात साम्यो नालिफुङवा पान्जुम्भोको स्थापना दिवसको अवसरमा हरेक वर्ष २ जनालाई प्रदान गर्दै आएको ‘नालीफुङवा जुझारु पुरस्कार २०७७’ द्धारा किरात साम्यो नालीफूङवा माङसेबुङ पान्जुम्भोका अध्यक्ष बाइसकुमार राई र पान्थर मिक्लाजङ ५, कुरुम्बा निवासी रेनुका लाओती सम्मानीत भएका छन् ।

समुद्घाटन कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव काकीराम लाओती, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासम्मेलनमा पान्जुम्भोको मातहत निकाय थुम पान्जुम्भो र पाङभे पान्जुम्भोबाट प्रतिनिधिको रुपमा सहभागि रहेको जनाइएको छ । सोमबार सम्पन्न हुने महासम्मेलनको बन्द सत्रमा पान्जुम्भोको सांगठनीक, आर्थिक प्रगति प्रतिवेदन र भावि कार्य योजनाहरु प्रस्तुत गरेर पारित गरी सकेपछि नयाँ नेतृत्व चयन गर्दै महासम्मेलन सम्पन्न हुने पान्जुम्भोका अध्यक्ष दीपक तिगेलाको भनाई छ ।

समुद्घाटन कार्यक्रम पान्जुम्भोका उपाध्यक्ष प्रितिमान खालिङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव योगेश लाओती सञ्चालन गरेका थिए भने, अध्यक्ष दीपक तिगेलाको अध्यक्षमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर