नालीफुङवा पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ चयन - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफुङवा पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ चयन


माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ राई चयन भएका छन् ।

सोमबार किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको पाँचौं महासम्मेलनबाट खालिङको अध्यक्षतामा २४ सदसिय कार्यसमिति समेत चयन गरेको छ ।

नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः योगेश लाओती, शंकर केरुङ र कल्पना जवेगु चयन भएका छन् । यस्तै सचिवमा आयुस बिक्रम तुम्वापो, सह–सचिवमा लोकेन्द्र कार्कीढोली, कोषाध्यक्षमा खगिन याक्खा र सह–कोषाध्यक्षमा जया याङखिला सर्वसम्मत चयन भएका छन् ।

यसैगरि पान्जुम्भोको सदस्यहरुमा केशर सेर्मा, कालुहाङ मिभक(भीम), बुद्धहाङ लिङखिम, टिकाराम खजुम, सिकुमहाङ वनेम फागो, सेसेहाङ नेम्बाङ, सुकबहादुर योङहाङ, विचारी लाओती, विकेश आङला, चन्द्रमाया केरुङ, विवश मादेन लिम्बू, तान्छोमी इजम, सविन साम्पाङ राई, आरती योङहाङ, अस्मिता लाओती र दिवश तिगेला लिम्बू चयन भएका छन् ।

पान्जुम्भोको अध्यक्षमा चयन भएपछि अध्यक्ष प्रितिमान खालिङले प्रतिबद्धता मन्तव्य राखेको कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय महासचिव काकीराम लाओती, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रिय सह–सचिव समिता थेवे, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष दिपक तिगेला लिम्बू, लगायतले नालीफुङवा पान्जुम्भोका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधमई तथा शुभकामना व्यक्त गरेका थिए ।

महासम्मेलनमा पान्जुम्भोको मातहत निकाय थुम पान्जुम्भो र पाङभे पान्जुम्भोबाट प्रतिनिधिको रुपमा सहभागि रहेको महासम्मेलनको बन्द सत्रमा पान्जुम्भोको सांगठनीक, आर्थिक प्रगति प्रतिवेदन र भावि कार्य योजनाहरु प्रस्तुत गरेर पारित गरी सकेपछि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देनको संयोजकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सह–सचिव आङबुहाङ अवोध अविरल, र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सह–सचिव समिता थेवे सदस्य रहेको पाँच सदसिय निर्वाचन समितिले नव कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

महासम्मेलनको समुद्घाटन कार्यक्रममा नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक पदाधिकारीहरुलाई सम्मान गरिएको छ । पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय डिल्ली थेबे, हृदय थेगिम र सचिव भगिहाङ नेम्बाङलाई पान्जुम्भोले सम्मान गरेका हुन् ।

नालीफूङवा पान्जुम्भोले संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विगतका स्थापना दिवसहरुमा संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष वनेम विक्रम फागोलाई सम्मान गरिसकेको पान्जुम्भोका सचिव योगेश लाओतीले बताए ।

सम्मान गर्ने क्रममा किरात लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजी भाषाको रुपमा इलामको माङसेबुङ वडा ५, मा लागू भएसँगै प्रसासनिक फाटमा पहिलो कर्मचारी भाषा सचिवको रूपमा नियुक्ती हुनु भएका किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मालाई पनि सम्मान गरिएको छ ।

यस्तै किरात साम्यो नालिफुङवा पान्जुम्भोको स्थापना दिवसको अवसरमा हरेक वर्ष २ जनालाई प्रदान गर्दै आएको ‘नालीफुङवा जुझारु पुरस्कार २०७७’ द्धारा किरात साम्यो नालीफूङवा माङसेबुङ पान्जुम्भोका अध्यक्ष बाइसकुमार राई र पान्थर मिक्लाजङ ५, कुरुम्बा निवासी रेनुका लाओती सम्मानीत भएका छन् ।

सम्बन्धित खवर