याक्थुङ साहित्य प्रतिष्ठानद्वारा ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ जारि - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ साहित्य प्रतिष्ठानद्वारा ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ जारि

दमक । याक्थुङ साहित्य प्रतिष्ठानले दमक–१ स्थित येहाङनगरमा प्रेस बिज्ञप्ति जारी गर्दै ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ जारि गरेको छ ।

प्रतिष्ठानको गत शनिबार सम्पन्न प्रथम अधिबेसनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष सेसेमी से नाल्बो र महासचिव मुसाहाङ अम्याङसाको हस्ताक्षरित प्रेस बिज्ञाप्ति सार्वजनिक गर्दै ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ जारि गरेको हो ।

आइतबार जारि गरिएको घोषणा–पत्रमा भाषा साहित्य विकासका लागि साहित्यिक कार्यक्रम संचालन गर्ने, भाषा साहित्य सम्बन्धि अखबार/पत्र पत्रिका, पुस्तक बुलेटिन/स्मारिका र मुखपत्र प्रकाशन गर्ने, भाषा साहित्यको प्रवर्द्धनको लागि पुरस्कारको स्थापना गर्ने, लिपी भाषा, साहित्य कला संस्कृतिमा योगदान पुर्याउने व्याक्तिहरुको प्रत्येक २/२ बर्षमा सम्मान तथा अभिनन्दन गर्ने, भाषा तथा साहित्यकारहरुको वौद्विक विकासको लागि भाषिक सेमीनार गोष्ठी एवं तालिमको आयोजना गर्ने लगायत बुँदाहरु उल्लेख गरिएको छ ।

 

 

सम्बन्धित खवर