माङप्रति अत्यन्तै विश्वास गर्नु पर्छ : मुहिङगुम अङसीमाङ - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङप्रति अत्यन्तै विश्वास गर्नु पर्छ : मुहिङगुम अङसीमाङ

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ले कोभिड–१९ बाट बच्न विश्व स्वास्थ्य संगठन(WHO)को नियम पालना ध्यानपूर्वक गर्नुपर्ने बताउनु भयो ।

मंगलबार माङसेबुङ २ इभाङमा अवस्थित किरातेश्वर हाङसाम शिवालय माङहिम गैरीधाम चुक्चीनाम्बामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको देव समुपस्थितिमा विश्व शान्ति र मानव एकताको निम्ति सप्ताहव्यापी सेवाको समापान समारोहमा माङ आशीर्वचन प्रदान गर्नुहुने क्रममा उक्त कुरा बताउनुभएको हो ।

‘माङप्रति अत्यन्तै विश्वास गर्नु पर्छ’ अङसीमाङले भन्नुभयो– ‘विश्वास नै सवैभन्दा ठूलो शक्ति हौ । विश्वासका साथ कोरोनाको शान्तिको लागि सामुहिक सेवा लगाउनु पर्छ । विहानै पूर्वतिर फर्केर युमा माङको सेवा गर्नु पर्छ ।’

माङ आशीर्वचनकै क्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ले आहार व्यहारमा शुद्धता हुनुपर्ने वताउनु भयो । उहाँले भन्नुभयो ‘सरसफाईमा ध्यान दिनुपर्छ, विवेकशिल बन्नुपर्छ, आफु पहिला बाँचेर अरुलाई पनि बचाउनु पर्छ, र संसारकै मान्छेलाई बचाउनु पर्छ ।’

समापन कार्यक्रममा तुम्याहाङको रुपमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको हस्तबाहुलीबाट आर्थिक सहयोग दाता भक्तजनहरुले फुलमाला आशीर्वाद ग्रहन तथा धन्यवात पत्र ग्रहण समेत गरेका थिए ।

किरात धर्म दर्शनका पुनः उत्थापक, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले सबै भन्दा पहिले निर्माण गर्नुभएको माङहिमको रुपमा र जन्म भूमि, कर्म भूमि रुपमा समेत रहेको गैरिधाम चुक्चिनाम्बामा आयोजित सेवाको समापन कार्यक्रम देउमान आङबुहाङको अध्यक्षतामा, टिकाराम केरुङको सहअध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत तथा औचित्य मन्तव्य उदय विक्रम तुम्बापो र संचालन काकीराम लाओती ‘आन्छुमे नसान’ले गरेका थिए ।

सो सेवा निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ निजी गुरु आश्रम कृषि समितिले संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर