जीतबहादुर लाओती पापोहाङ लाओती सयङ् अध्यक्षमा सर्वसम्मत - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जीतबहादुर लाओती पापोहाङ लाओती सयङ् अध्यक्षमा सर्वसम्मत


पान्थर । लाओती बन्धुहरुको संस्था पापोहाङ लाओती सयङको पाँचौ महाधिवेशनले जीतबहादुर लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

पाँचथरको लुङफाबुङमा सम्पन्न पाँचौ महाधिवेशनले लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

दुई दिनसम्म भएको महाधिवेशनले मंगलबार नयाँ कार्य समिति पाएको थियो । पापोहाङ लाओती सयङको नयाँ कार्यसमितिको सहअध्यक्षमा मैयाँ श्रेष्ठ (लाओती), उपाध्यक्षहरुमा दिल बहादुर लाओती, नर बहादुर लाओती र विजय बोध लाओती चयन भएका छन् ।

महासचिव पदमा भने पुनः हर्क बहादुर लाओती (कान्छा) निर्वाचित भएका छन् । यसरी नै सचिवहरुमा बालकृष्ण लाओती, शिवकला लाओती र सुरेश लाओती निर्वाचित भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी गयेन्द्र बहादुर लाओतीले पाएका छन् ।

यस्तै नव निर्वाचित केन्द्रीय सदस्यहरुमा गम्भीर हाङ लाओती, रामबहादुर लाओती, प्रतिमा आङदेम्बे लाओती, सुरेन्द्र लाओती, वीर बहादुर लाओती, चण्डिका लाओती, गगन लाओती, कल्पना योङहाङ (लाओती), रामबहादुर लाओती, सुन्दर लाओती (काङसोरे) र प्रेम कुमार लाओती सर्वसहमतिले निर्वाचित भएका छन् ।

महाधिवेशनले संस्थालाई आर्थिक सहयोग प्रदान गर्नेहुने लाओती बन्धुहरुलाई सम्मान गर्नुका साथै विभिन्न प्रतियोगिताहरु यालाङ, केलाङ र लिम्बु कविता वाचन प्रतियोगिताका साथै सांस्कृतिक महोत्वस समेत आयोजना गरेको थियो । त्यसैगरी लुङफाबुङमा लाओती बन्धुहरुले चोत्लुङ र पत्लुङ यकको पनि स्थापना गरेका छन् ।

सम्बन्धित खवर