केन्जल र दुर्गा अभिनित ‘अक्खे लरिक’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केन्जल र दुर्गा अभिनित ‘अक्खे लरिक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कलाकार केन्जल योङहाङ लिम्बू र दुर्गा लङवा लिम्बू अभिनित लिम्बू भाषाको गीत ‘अक्खे लरिक’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बू र लोकप्रिय गायिका श्रेयसी चेम्जोङ लिम्बुको सुमधुर आवाजमा सजिएको गीत ‘अक्खे लरिक’ भिडियो युप्पारुङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार दुर्गा लङवा लिम्बूको शव्दभावहरुमा संगीतकार एकान्त आङदेम्बेको संगीत रहेको गीतको संगीत संयोजन भने अशोक लोहोरुङले गरेका हुन् ।

ताप्लेजुङको ऐतिहासिक धार्मिक पर्यटकिय क्षेत्र गुराँसे पोखरी, माहाश्रेङ माङगेनायक क्षेत्र तोरिबारी थिङथेङ्वाँ खोला र लङ्वा खोलाको रमणिय ठाउँहरूमा छायाँकन गरिएको भिडियोमा इसाक जबेगुको निर्देशन, छायाँकन तथा सम्पादन रहेको छ ।

लिम्बू जातिहरुको साँस्कृतिक नाच केलाङसंगै माया र प्रेमका दृश्यहरु समेत समावेश गरिएको भिडियोमा मनिता लिम्बूको मेकअप रहेको छ भने शिलु घिसिङको कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर