काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार २ सय ७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा १ सय ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर १७ हजार ६ सय २३ आरटी पिसिआर र ७ सय ८८ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी दैनिक अद्यावधिक विवरणमा उल्लेख गरिएको छ ।
काठमाडौंमा २ हजार ७ सय ७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना गरी उपत्यकामा ३ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् ।
हाल ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । सोमबार देशभर ४ हजार ७ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।