२ सय २५ कोरोना संक्रमितको मृत्यु, थपिए ९ हजार ४ सय ८३ जना - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

२ सय २५ कोरोना संक्रमितको मृत्यु, थपिए ९ हजार ४ सय ८३ जना

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ सय २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ५ सय ९६ आरटी पिसिआर र ७ सय २० एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी दैनिक अद्यावधिक विवरणमा उल्लेख गरिएको छ ।

काठमाडौंमा २ हजार ७ सय ८८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ५ सय ३७ जना गरी उपत्यकामा ३ हजार ९ सय २७ जना संक्रमित थपिएका छन् ।

मंगलबार देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ७५.५ प्रतिशत रहेको छ । हाल ९७ हजार ८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

 

सम्बन्धित खवर