काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।
यसैगरि देशभर १९ हजार ४ सय ७४ आरटी पिसिआर र ७ सय ७१ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा २ हजार ७ सय ३३, ललितपुरमा ४ सय ८१ र भक्तपुरमा ३ सय ४८ जना गरी उपत्यकामा ३ हजार ५ सय ६२ जना संक्रमित थपिएका छन् ।
बिहीबार देशभर ५ हजार ५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यस्तै हाल १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।