थप ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि, २ सय ३ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि, २ सय ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ९ सय ४८ आरटी पिसिआर र ५ सय ३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २ हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६ र भक्तपुरमा ३ सय ३५ जना गरी उपत्यकामा ३ हजार ३ सय ४९ जना संक्रमित थपिएका छन् ।

शुक्रबार देशभर ६ हजार १ सय ३५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् भने १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सम्बन्धित खवर