थप ८ हजार ४६ जनामा कोरोना पुष्टि, १ सय ८७ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ८ हजार ४६ जनामा कोरोना पुष्टि, १ सय ८७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ८ हजार ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ८७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १७ हजार ९ सय ७१ आरटी पिसिआर र ५ सय ७७ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २ हजार १ सय ४६, ललितपुरमा ४ सय ४४ र भक्तपुरमा ३ सय ४७ जना गरी उपत्यकामा २ हजार ९ सय ३७ जना संक्रमित थपिएका छन् ।

शनिबार देशभर ५ हजार ४ सय ५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् भने १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

सम्बन्धित खवर