काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८ सय ०६ जना रहेका छन्
यसैगरि यस्तै पछिल्लो २४ घण्टामा १ सय २९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यहि अवधिमा ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा २० हजार १ सय ०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।