थप ७ हजार ९ सय १४ जना कोरोना संक्रमण पुष्टि, १ सय ९३ जनाको मृत्यु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ७ हजार ९ सय १४ जना कोरोना संक्रमण पुष्टि, १ सय ९३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो अवधिमा कोरोनाका कारण १ सय ९३ जनाको मृत्यु भएको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३ सय ४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

 

सम्बन्धित खवर