नेपालमा थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ६९ जनाको मृत्यु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ६९ जनाको मृत्यु

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा थप ८ हजार ६ सय ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप १ सय ६९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर २२ हजार ३ सय ६ आरटी पिसिआर र ६ सय ३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यीमध्ये १ लाख १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् भने मंगलबार देशभर ६ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

२४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ४ सय ४ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ४ हजार ८ सय ८७ जना पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत रहेको छ ।

सम्बन्धित खवर