नेपालमा २४ घन्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा २४ घन्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा थप ६ हजार ७ सय १४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ३० आरटी पिसिआर र ३ सय २२ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप १ सय ४५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ सय पुगेको छ ।

बुधबार देशभर ६ हजार ७ सय १६ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यस्तै हाल १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ७ सय १६ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ११ हजार ६ सय ३ जना पुगेको छ । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।

 

 

सम्बन्धित खवर