नेपालमा थप ६ हजार ९ सय ३९ कोरोना संक्रमित, १ सय ६ को मृत्यु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ६ हजार ९ सय ३९ कोरोना संक्रमित, १ सय ६ को मृत्यु

काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा थप ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरि स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ सय ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

यस्तै ७ हजार २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ ।

सम्बन्धित खवर