नेपालमा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ४ हजार ४ सय ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १४ हजार ६ आरटी पिसिआर र ७ सय ४६ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप १ सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ ।

यीमध्ये १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । शनिबार देशभर ६ हजार ८० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ८० जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ३४ हजार ७ सय ५० जना पुगेको छ । निको हुने दर ७८.६ प्रतिशत रहेको छ ।

सम्बन्धित खवर