काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको छ ।
आज शनिबार सिंहदरबारबाट आर्थिक वर्ष २०७८÷७९ को वजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।
कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन भएको अर्थमन्त्री पौडेलले जानारी दिए ।
उनले पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको बताए । यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ ।
यसैगरि प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ ।