काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९को लागि सरकारले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ ।
आज (शनिबार) अध्यादेशमार्फत सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को वजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त वजेट विनियोजन गरेको बताएका हुन् ।
उनले सरकारले महामारीको उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीलाई खोपको सुनिश्चितताको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए ।
यसैगरि सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन गरेको छ ।
त्यसैगरी, कोभिड उपचारमा संलग्न चिकित्सक , स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिईने भएको छ ।
यस्तै कोभिड संक्रमितकाका लागि सबै प्रकारका अस्पतालबाट उपचार हुने व्यवस्था गरिने पनि मन्त्री पौडेलले जानकारी दिए ।