नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार ३ सय ६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा १ सय ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार २ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ९८६ आरटी पिसिआर र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

सहप्रवक्ता डा.अधिकारीका अनुसार आइतबार देशभरबाट ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ४० हजार ९ सय ५५ जना पुगेको छ ।

यीमध्ये १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

 

सम्बन्धित खवर