नेपालमा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितकोसंख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६८ जनाको कोरोना भाइरसबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।

मंगलबार कुल २० हजार १ सय ६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप ६ हजार ८ सय ९८ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

हाल देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खवर