विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारका क्रममा निधन भएको छ ।

मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा मेडिसिटी अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन् ।

कोभिड संक्रमण भई केहीदिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । सोमबार (हिजो) थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर भएको थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।

 

 

सम्बन्धित खवर