नेपालमा थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ५ हजार ३ सय १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा थप १ सय १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर आरटी पिसिआरबाट ४ हजार ५ सय २४ र एन्टिजेनबाट ७ सय ९२ जना गरी ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ४६ जना र भेन्टिलेटरमा ३ सय ८५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ७ हजार २ सय १८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यस सँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ६१ हजार ५ सय ६२ जना पुगेको छ ।

 

सम्बन्धित खवर