बिहीबार नेपालमा थप ६ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहीबार नेपालमा थप ६ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ६ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ५७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० सय पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १८ हजार ५ सय ६२ आरटी पिसिआर र ३ हजार २ सय ११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरि हाल १ लाख १ हजार ८ सय ३९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ४४ जना र भेन्टिलेटरमा ३ सय ९८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ जना पुगेको छ ।

सम्बन्धित खवर