नेपालमा थप ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८ सय १४ जनाको परीक्षण गर्दा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

११ हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएकोे मन्त्रालयले जनाएको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

 

सम्बन्धित खवर