भारतमा संक्रमण दर घटेसँगै लकडाउन खुकुलो बनाइँदै - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमा संक्रमण दर घटेसँगै लकडाउन खुकुलो बनाइँदै

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण दर कम आउन थालेसँगै लकडाउन खुकुलो बनाउन थालिएको छ ।

भारतमा कोरोना भाइरसको (कोभिड–१९) संक्रमण दर काम आउन थालेपछि केही राज्यहरुले लकडाउन खुकुलो पार्ने तयारी गर्न थालेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा१ लाख १४ हजार कोरोना भाइरस संक्रमित थपिएका छन् भने यो संख्या दुई महिनायताकै सबैभन्दा कम रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिल्लीले कोरोना संक्रमणमा कमी आएको भन्दै लकडाउन केही खुकुलो बनाउने निर्णय गरिसकेको छ । यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित देखिएको भारतीय राज्य महाराष्ट्रमा पनि संक्रमणमा कमी आएसँगै यसै सातादेखि लकडाउन केही खुकुलो बनाउने तयारी रहेको छ ।

यस्तै तमिलनाडुमा पनि सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरिएको छ । त्यहाँ पनि कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, तमिलनाडुमा हाल सबैभन्दा बढी नयाँ संक्रमित देखिइरहेका छन् । कोरोना संक्रमणमा कमी आएसँगै अन्य राज्यहरुले पनि लकडाउन खुकुलो पार्ने योजना ल्याएका छन् ।

यद्यपि विशेषज्ञहरुले भने यस वर्षको अन्तिममा भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । विशेषगरी अबको लहरमा बालबालिकाहरु धेरै प्रभावित हुन सक्ने उनीहरुको भनाइ छ ।

सम्बन्धित खवर