नेपालमा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार ४ सय ७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ९२ जनाको कोरोना भायरस संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० सय पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार २ आरटी पिसिआर र ५ हजार ९ सय १ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये ७८ हजार ३ सय ६३ जना होम आइसोलेसनमा, ७ हजार १ सय ८० जना संस्थागत आइसोलेसनमा छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ३४ जना र भेन्टिलेटरमा ३ सय ९७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ९७ हजार ९ सय ६० जना पुगेको छ ।

सम्बन्धित खवर