माङसेबुङ । चीनसरकारद्वारा अनुदानबाट प्राप्त चीनियाँ भेरोसेल खोप विभिन्न उमेर समूहकालाई आजबाट लगाइने भएको छ । सरकारले काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका लगाइने जनाइएको छ ।
सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै तिब्बतसँग जोडिएको हिमाली जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत खोप दिन भनिएको छ । यस्तै सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचकालाई पनि पहिलो डोज लगाउने जनाइएको छ ।
अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।
खोप शाखाकाले दिएको जानकारी अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने अधिकार दिइएको छ ।
विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति तलमाथि हनु सक्ने भनिएको छ । यद्यपी स्वास्थ्य सेवा विभागले आज एकै दिन सबै जिल्लामा खोप अभियान सुरु गर्न सातै प्रदेश मार्फत सबै जिल्लालाई निर्देशन दिएको हो ।