सरकारसँग सर्वोच्चले माग्यो मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारसँग सर्वोच्चले माग्यो मन्त्रिपरिषद पुनर्गठनका विषयमा लिखित जवाफ

काठमाडौं । सरकारसँग सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण माग गरेको हो ।

यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई सर्वोच्चले असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको थियो ।

प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव घोषणा गरेका मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै कानून व्यवसायी अदालत पुगेका थिए ।

 

सम्बन्धित खवर