नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा थप ५९ जनाको कोरो भाइरस संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार २ सय ६१ जना र भेन्टिलेटरमा ३ सय ८२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

सम्बन्धित खवर