सर्वोच्चद्वारा नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सर्वोच्चद्वारा नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सरकारका नाममा सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

बिहीबार प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपनकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरमान खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउन सरकारले अध्यादेशमार्फत् नागरिकता अध्यादेश जारी गरेको थियो ।

 

सम्बन्धित खवर