नेपालमा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ३ हजार ७ सय ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा ६७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ५ सय ९८ आरटी पिसिआर र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार १ सय ८९ जना र भेन्टिलेटरमा ३ सय ६६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

 

सम्बन्धित खवर