काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ३ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संऋया ८ हजार ३ सय ६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७ सय ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७ सय ५७ जनामा संक्रमण देखिएको छ ।
यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार २ सय ९५ जना संक्रमणमुक्त बनेका छन् ।
यससँगै नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १ सय ११ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३ सय १ पुगेको तथ्यांकमा उल्लेख छ ।