काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९ सय ९४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।