नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ६ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा थप ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७ सय ११ आरटी पिसिआर र ४ हजार ७ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ९ सय १६ जना र भेन्टिलेटरमा २ सय ४९ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार १ सय ४१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर फर्कनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ ।

सम्बन्धित खवर