नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ७ सय ६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा थप ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ५ सय ६९ आरटी पिसिआर र ५ हजार ४ सय ६८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८ सय ७२ जना र भेन्टिलेटरमा २ सय ४६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएर फर्किँएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।

सम्बन्धित खवर