पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख


काठमाडौं । भारतको दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख बनेको जनाइएको छ ।

खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालय स्रोतले बताएको छ । खनाल अहिले खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ ।

पोष्ट कोभिडको समस्या देखिएपछि थप उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका हुन् ।

 

सम्बन्धित खवर