काठमाडौं । हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ ।
भवनसँगै केही सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिए । केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए ।
यसैगरि त्यसैगरी शुक्राबारको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय र विद्यालयको भवन बाढीले बगाएको छ ।
त्यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ । बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ ।
मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पु¥याएको छ ।
असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले कटान लागेपछि बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।