काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।
कोरोना संक्रमणका कारण ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत विष्टको आज विहान ५ बजे निधन भएको हो ।
आज विहान ५ बजे उपचारका क्रममा विष्टको निधन भएको उनका भाइ दल विष्टले जानकारी दिए ।
कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्टलाई भर्ना गरिएको थियो ।
विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो ।
पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट संविधान सभा सदस्य थिए ।