काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट ५१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो अवधिमा ६ हजार ६ सय ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४ सय २१ र ४ हजार २ सय ४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।