काठमाण्डौ । अग्रपङिततमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुडालको इजलासले अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण आधार भएमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।