नेपालमा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार २ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ५ सय ८३ आरटी पिसिआर र ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८ सय ११ जना र भेन्टिलेटरमा २ सय ३७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट ३ हजार १ सय २० जना कोरोना संक्रमणमुक्त भएर फर्किँएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ ।

सम्बन्धित खवर