काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार ५ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टाको अवधिमा ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर १२ हजार २ सय ४ आरटी पिसिआर र ४ हजार ७ सय ९ एन्टिजेन गरी कुल १६ हजार ९ सय १३ जनामा परीक्षण गरिएकोमा ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ६१ जना र भेन्टिलेटरमा २ सय १८ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार मंगलबार देशभरबाट ४ हजार ९ सय ५४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ६४ हजार ८ सय २२ पुगेको छ ।