नेपालमा थप २ हजार ४ सय २१ जनमा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ हजार ४ सय २१ जनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ४ सय २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा थप ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भएको छ । यससँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ६१ आरटी पिसिआर र ४ हजार ९ सय ५३ एन्टिजेन गरी कुल १२ हजार ४ सय १४ जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३४ जना र भेन्टिलेटरमा २ सय १३ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यससँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ६८ हजार ३ सय ८० पुगेको छ ।

 

सम्बन्धित खवर